Header Ads Widget

ताजा

6/recent/ticker-posts

ट्राफिकले चिट काटेर ब्लूबुक राखिदियो अब के गर्ने?

विभिन्न अवस्थामा ट्राफिक नियम उल्लंघन भयो भने ट्राफिक प्रहरीले ब्लूबुक अथवा लाइसेन्स खिचेर २४ घण्टे चिट काटिदिन्छन् ।  त्यसरी काटिएको चिटमा सवारी साधनको नम्बर, सवारी धनी वा चालकको नामका साथै कुन कसूरमा चिट काटेको हो त्यो जनाईदिएको हुन्छ ।



यसप्रकार चिट काटिएकोमा लापर्वाही नगरी सकभर छिटो जरिवाना तिरेर खिचिएको कागजात फिर्ता लिनु पर्दछ । 

ट्राफिक प्रहरी कार्यालयबाट फिर्ता लिने


त्यसरी चिट काटिएपछि खिचिएको ब्लूबुक वा लाइसेन्स काठमाडौँको हकमा महानगरीय प्रहरी परिसर (बग्गीखाना) सिंहदरबारमा पुर्याइएको हुन्छ । 

चिट काटिएको १, २ दिन भित्रै बग्गीखाना गइयो भने कम जरिवाना तिरेर त्यहीँबाट ब्लूबुक वा लाइसेन्स फिर्ता पाउन सकिन्छ । अलिक लामो समय भयो भने महानगरिय ट्राफिक परिसरले मोटरसाईकलको ब्लूबुकहरु याताायत व्यवस्था कार्यालय गुर्जुधारा पठाइदिन्छ भने लाइसेन्स तथा गाडीको ब्लूबुकहरु एकान्तकुनाको यातायात व्यवस्था कार्यालयमा पठाइदिन्छ ।

त्यसरी प्रहरी कार्यालयबाट यातायात कार्यालयमा ब्लूबुक लाइसेन्स पठाइसके पछि भने जरिवाना पनि केही बढी तिर्नुपर्ने हुन्छ भने चालु आर्थिक वर्षको कर समेत तिर्नु पर्ने हुन्छ । 

यातायात व्यवस्था कार्यालयबाट फिर्ता लिने

ट्राफिक प्रहरीले चिट काटेको करिब ३ महिनामा त्यस्ता ब्लूबुकहरु यातायात व्यवस्थका कार्यालयमा पठाइदिएको हुन्छ ।  यातायात व्यवस्थका कार्यालयमा तल बताइए बमोजिमको प्रकृया पुरा गरी खिचिएको ब्लूबुक वा लाइसेन्स फिर्ता लिन सकिन्छ ।

१. ट्राफिक प्रहरीले काटेको चिट लिएर कार्यालयको अधिकृतलाई जरिवाना तोकी माग्‍ने । कार्यालयमा आइपुगेपछि कसूर बमोजिम चिटमा उल्लेख गरेको अधिकतम जरिवाना रकम तिर्नु पर्ने हुन्छ । केही कसूरहरुमा जरिवाना रु १०००।- तोकिन्छ भने अन्य कसूरहरुमा रु १५००।- जरिवाना तोकिन्छ । अझ सवारी साधनको स्वरुप परिवर्तन गरेको हो भने मोटरसाईकलको हकमा सिसि अनुसार रु ७१००।-, र रु ८१००।- जरिवाना तोकिन्छ । 

२. कर तिर्ने ठाउँमा गएर आफ्नो मोटरसाईकलको चलु आर्थिक वर्ष सम्मको कर कति तिर्नु पर्ने हो बुझ्ने ।

३. बैंकमा गएर कर र तोकिएको जरिवानाको रकम बुझाएर भौचर लिने ।

४. कार्यालयको लेखा काउण्टरमा उक्त बैंक भौचर बुझाएर रसिद लिने ।

५. कारवाहीको ब्लूबुकहरु सम्बन्धी काम गर्ने फाँटमा गएर रसिद दिएर ब्लूबुक वा लाइसेन्स लिने ।

५. कर प्रमाणित गर्ने अधिकृतकहाँ ब्लूबुक, रसिद र बीमा गरेको पोलिसी पेपर दिएर चालु आ.ब. सम्मको कर/नविकरण प्रमाणित गर्न लगाइ लिएर जाने । 

आफ्नो काम आफैँ गरौँ,  बिचौलियाको भर नपरौँ ।

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः