बागमती प्रदेश सरकारले दुई पाङ्ग्रे सवारी साधनहरुको लागि आर्थिक वर्ष २०७७।७८ को निम्ति तोकेको करको दरहरु तथा अन्य दस्तुरहरु जानकारीको लागि पोष्ट गरिएको छ ।
आ.ब. २०७७।७८ को लागि तोकिएको करको दर
मिति २०७७।४।१ देखि लागु
सवारी साधन कर
१२५ सिसि सम्म – रु.२,८००।–
१२६ देखि १६० सिसि सम्म – रु.४,५००।–
१६१ देखि २५० सिसि सम्म – रु.५,५००।–
२५१ देखि ४०० सिसि सम्म – रु.९,०००।–
४०१ देखि ६५० सिसि सम्म – रु.२०,०००।–
६५१ देखि माथि – रु.३०,०००।–
विद्युतीय सवारी साधनमा
३५० वाट देखि १००० वाट सम्म - रु.१५००।–
१००१ देखि १५०० वाट सम्म - रु.२०००।–
१५०१ वाट भन्दा माथि - रु.३०००।–
दस्तुरहरुः
सवारी दर्ता शूल्क
निजी/सार्वजनिक/पर्यटक/संस्थान सबैको - रु.५००।–
ब्लू बुक नविकरण दस्तुर
निजी - रु.१००।–
सार्वजनिक/पर्यटक/संस्थान - रु.५००।–
नामसारी दस्तुर
निजी - रु.२००।–
सार्वजनिक/पर्यटक/संस्थान - रु.३००।–
पुराना आर्थिक वर्षहरुमा तोकिएको करको दरहरु हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोलाः

