Header Ads Widget

ताजा

6/recent/ticker-posts

ट्राफिक प्रहरीलेले कहाँ चिट काटेपछि कागजात फिर्ता लिन कहाँ जानु पर्छ?

सडकमा सवारी साधन चलाउँदा ट्राफिक नियम तथा सवारी तथा यातायात व्यवस्था ऐन नियमको पूर्ण पालना गर्नु सवारी चालकको कर्तव्य हो । कुनै अवस्थामा सवारी नियमको  उल्लंघन भयो भने ट्राफिक प्रहरीको कारवाहीमा परिन्छ र ट्राफिक प्रहरीले कागजपत्र खिचेर २४ घण्टे पुर्जी काटिदिन्छन् । यस्तो अवस्थामा तपाई कुन ठाउँमा कारवाही परेको हो र कसुरको जरिवाना तिरी तपाईको कागजपत्र फिर्ता लिनको लागी कहाँ कहाँ सर्म्पर्क राख्‍नुपर्छ भन्ने विषयमा यस पोष्टमा चर्चा गर्न गईरहेको छु ।



ट्राफिक कारवाहीमा परेपछि कुन ठाउँमा कारवाहीमा परेको हो त्यस अनुसार निश्चित अवधि (सामान्यतया १ हप्ता भित्र) त्यस ठाउँ हेर्ने ट्राफिक प्रहरी कार्यालयमा जानु पर्छ भने उक्त अवधि सकिए पश्चात् महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ जानु पर्ने हुन्छ । यदि तपाई कारवाही परेको लामो अवधि भईसकेको भए ट्राफिक प्रहरी महाशाखाबाट समेत सम्बन्धित यातायात व्यवस्था कार्यालय पठाइदिन सक्छन् ।


ट्राफिक प्रहरी प्रभाग कमलपोखरी 

भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कालोपुल, हाँडिगाउँ, गैरिधारा, छातेगणेश, भगवतीवहाल, ल्होत्से, डिल्लीबजार, नागपोखरी, रातोपुल क्षेत्रमा समातिएका सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले एक हप्ता सम्म घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग कमलपोखरीमा सर्म्पर्क राख्‍ने र एक हप्ता पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नु पर्दछ ।

महानगरीय ट्राफिक प्रहरी बृत दरबारमार्ग 

लैनचौर, खानिबिभाग, टुकुचा, जयनेपाल, दरबारमार्ग, केशरमहल,महेन्द्र शालिक,जमल, रत्नपार्क, भोटाहिटी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका सवारी साधन र कागजपत्र लिन समातिएको मितिले तीन महिना सम्म ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा सर्म्पर्क राख्‍ने र तीन महिना पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नु पर्दछ ।

ट्राफिक प्रहरी प्रभाग सोहृ्खुट्टे

गल्खुपाखा चोक,सोहृ्खुट्टे,नयाँबजार,खुसिबु,सामाखुसी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले एक हप्ता सम्म ट्राफिक प्रहरी प्रभाग सोहृहखुट्टमा सर्म्पर्क राख्‍ने र एक हप्ता पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नुपर्दछ ।

महानगरीय ट्राफिक प्रहरी बृत महाराजगंज

नारायणगोपालचोक, बसुन्धरा,  बाँसवारी, चप्पलकारखाना, टिचिङ्ग, एकेडेमीमोड, पानीपोखरी, लाजिम्पाट, बालुवाटार, क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले तीन महिना सम्म ट्राफिक प्रहरी बृत महाराजगंजमा सर्म्पर्क राख्‍ने र तीन महिना पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्नु पर्दछ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग बुढानिलकण्ठ

हात्तीगौंडा,बुढानिलकण्ठ,टोखा क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले एक हप्ता सम्म ट्राफिक प्रहरी प्रभाग बुढानिलकण्ठमा सर्म्पर्क राख्‍ने र एक हप्ता पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्पुटर शाखामा संपर्क राख्‍नु पर्दछ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग सुकेधारा

धुम्बाराही,सुकेधारा,निलोपुल,आकासेधारा,गोपिकृष्ण,हाँडिगाउ क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले एक हप्ता सम्म ट्राफिक प्रहरी प्रभाग सुकेधारामा सर्म्पर्क राख्‍ने र एक हप्ता पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्कराख्‍नु पर्दछ ।

महानगरीय ट्राफिक प्रहरी बृत बौद्ध 

चुच्चेपाटी,बौद्धगेट,पिपलबोट,जोपाटी,नारायणटार,थली,साँखु,गोकर्ण सुन्दरीजल अत्तरखेल,कपन,गौरिघाट क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले तीन महिना सम्म ट्राफिक प्रहरी बृत बौद्धमा सर्म्पर्क राख्‍ने र तीन महिना पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्कराख्‍नु पर्दछ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला 

ओमअस्पताल, चाबहिल, मित्रपार्क, उमाकुण्ड, कालोपुल, रातोपुल, मैतिदेबी, पुरानोबानेश्वर, तिलगंगा, फुलबारी , गौशाला चोक, सिफल क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले एक हप्ता सम्म ट्राफिक प्रहरी प्रभाग गौशालामा सर्म्पर्क राख्‍ने र एक हप्ता पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नु पर्दछ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग एयरपोर्ट 

तिलगंगा,गोल्डेन गेट,सिनामंगल क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले एक हप्ता सम्म ट्राफिक प्रहरी प्रभाग एयरपोर्टमा सर्म्पर्क राख्ने र एक हप्ता पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नु पर्दछ ।

महानगरीय ट्राफिक प्रहरी बृत कोटेश्वर

जडिबुटी, कोटेश्वर, तिनकुने, गैरिगाउँ, शान्तिनगर गेट,मिनभवन, बिजुलीबजार, पानि ट्याङकी,शंखमुल, बालकुमारी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले तीन महिना सम्म ट्राफिक प्रहरी बृत कोटेश्वरमा सर्म्पर्क राख्‍ने र तीन महिना पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्कराख्नु पर्दछ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली 

खाद्य गोदाम अगाडी, थापाथली, प्रसुतिगृह, त्रिपुरेश्वर क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले तीन महिना सम्म ट्राफिक प्रहरी प्रभाग थापाथलीमा सर्म्पर्क राख्‍ने र तीन महिना पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नु पर्दछ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग जनसेवा

आरएनएसि, बिरअस्पताल, न्युरोड गेट, जुद्धशालिक, हनुमानढोका, दरबार स्क्वायर क्षेत्र, सुन्धरा, महाबौद्ध, बाङ्गेमुडा क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले एक हप्ता सम्म ट्राफिक प्रहरी प्रभाग जनसेवामा सर्म्पर्क राख्‍ने र एक हप्ता पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नु पर्दछ ।

महानगरीय ट्राफिक प्रहरी बृत कालिमाटी

कालिमाटी चोक, बल्खु, टेकु, भोटेवहाल,कनक, परोपकार,सोल्टीमोड, ताहाचल,  फर्पिङ, किर्तिपुर क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले तीन महिना सम्म ट्राफिक प्रहरी बृत कालिमाटीमा सर्म्पर्क राख्‍ने र तीन महिना पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नु पर्दछ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकी

कलंकी चोक, खसिबजार, बाफल, ढुङ्गेअड्डा, स्वयम्भु, थानकोट,नागढुँगा, सितापाईला क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले तीन महिना सम्म ट्राफिक प्रहरी प्रभाग कलंकीमा सर्म्पर्क राख्‍ने र तीन महिना पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नु पर्दछ ।

महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारी

ठिमी नयाँबाटो, सल्लाघारी, सुर्यबिनायक, जगाती, नलिनचोक, पलासे, सागाँ,नगरकोट अगाडी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले एक हप्ता  सम्म ट्राफिक प्रहरी प्रभाग सल्लाघारीमा सर्म्पर्क राख्‍ने र एक हप्ता पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्नु पर्दछ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघर 

मनहरापुल, गठ्ठाघर चोक, सानो ठिमी, अगाडी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले एक हप्ता सम्म ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरमा सर्म्पर्क राख्‍ने र एक हप्ता पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नु पर्दछ ।

महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटो 

एकान्तकुना, कुपण्डोल,जावलाखेल, स्टार हस्पिटल अगाडी, पुरानो प्रभाग अगाडि, चापागाउँ अफिस, टिकाभैरव, लेले, कालो पुल कानदेवताथान, हरिहर भवन, कुमारीपाटी, चापागाउँमोड, ग्वार्को, सातदोबाटो, लगनखेल, पाटनअस्पताल, महालक्ष्मीस्थान, वालकुमारी, बाँडेगाउ , गोदावरी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले तीन महिना सम्म ट्राफिक प्रहरी परिसर सातदोबाटोमा सर्म्पर्क राख्‍ने र तीन महिना पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नु पर्दछ ।

नोट: मा.प.से. तथा लेन कारवाहीमा उपत्यका स्थित जुनसुकै स्थानमा कारवाहीको लागी समातिएको कागतपत्रहरु फिर्ता लिनको लागी २४ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी  महाशाखा रामशाह पथमा सम्पर्क गर्नु हुन अनुरोध ।

श्रोतः ट्राफिक प्रहरी

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः