Header Ads Widget

ताजा

6/recent/ticker-posts

भदौ मसान्त सम्म जरिवाना नलनग्ने गरि लाइसेन्स नविकरण गर्ने म्याद थप

नेपाल सरकारको २०७७।४।५ गतेको निर्णय बमोजिम लकडाउन अवधिको जरिवाना नलाग्‍ने सम्बन्धमा यातायात व्यवस्था विभाग, मीनभवनले आज २०७७ भदौ ८ गते सूचना जारी गरेको छ ।  नेपाल सरकारको उक्त निर्णय अनुसार सवारी चालक अनुमतिपत्रको नवीकरण गर्न म्याद बन्दाबन्दी (लकडाउन) को अवधिभित्र परेमा २०७७ भदौ समान्तसम्म गर्न सक्ने र सो कारणले ढिलो भएवापत/नविकरण म्याद नाघेबापत बुझाउनु पर्ने शुल्क जरिवाना मिनाहा गर्ने व्यवस्था गरेको थियो ।

सरकारबाट निर्णय भएपनि सफ्टवेयरमा अद्यावधिक गर्नु पर्ने कारणले हालसम्म व्यवहारमा भने उक्त निर्णय लागु गर्न समस्या भईरहेको थियो । "System Modification समेत भईसकेको हुँदा बन्दाबन्दीको अवधिमा सवारी चालक अनुमतीपत्र नविकरण म्याद सकिई जरिवाना लाग्‍नेहरुलाई भदौ मसान्त सम्म जरिवाना नलाग्‍ने" कुरा विभागको उक्त सूचना मा छ ।

भदौ मसान्त सम्म म्याद थप गरिएको भएता पनि भदौ १७ गते सम्म काठमाडौँमा निषेधाज्ञा जारी नै छ र नेपाल सरकारको श्रावण ५ गतेको निर्णयले प्रदान गरेको थप अवधि भित्रमा सवारी चालकहरुले आफ्नो लाइसेन्स रिन्यू गर्न भ्याउने हुन् वा होइनन् र निषेधाज्ञा जारी भई अझैसम्म पनि नविकरण गराउन जान नसकिने अवस्था रहेकोमा भदौ पश्चात् पुनः म्याद थप हुने नहुने बारेमा अन्यौल नै छ ।

 


तपाईको प्रतिकृया / कमेन्ट्सहरुः