Header Ads Widget

ताजा

6/recent/ticker-posts

नामसारी गर्दा कर फेरी तिर्नु पर्छ ?

नामसारी गर्दा कर फेरी तिर्नु पर्छ ? - यो धेरै मात्रामा सोधिने प्रश्न हो । गत २, ३ महिना अघि मात्र कर तिरिसकेर पनि अब नामसारी गर्नु पर्दा फेरी कर तिर्नु पर्दा अचम्म लाग्‍न सक्छ । कर तिर्ने नियम अवधि र अवस्थाहरु थाहा नहुँदा यस्तो कन्फ्यूजन हुन्छ ।

नियम अनुसार नामसारी गर्नु अगाडि चालु आर्थिक वर्ष सम्मको कर तिरेको हुनु पर्छ । आर्थिक वर्ष प्रत्येक श्रावण १ गते बाट शुरु भएर असार मसान्तमा अन्त हुन्छ । आज श्रावण २३ गते र यतिखेर आर्थिक वर्ष २०७७।७८ चालु छ । 

सवारीसाधनको कर प्रत्येक आर्थिक वर्षमा एक पटक तिर्नु पर्दछ र ब्लूबुक नविकरण गर्दा अब फेरी कर तिरी नविकरण गर्नु पर्ने म्याद ब्लूबुकमै लेखि दिएको हुन्छ । अन्य सामान्य अवस्थामा त्यो म्याद सम्म नविकरण कायम रहन्छ तर नामसारी गर्नु पर्दा कर तिर्ने अवधि बाँकी नै रहँदा पनि चालु आर्थिक वर्षको कर तिरेको छैन भने चाही तिर्नुपर्छ ।

तपाई अहिले नामसारी गर्दैहुनुहुन्छ र आ.ब. २०७७।७८ को कर तिरिसक्नुभएको छैन भने पहिले कर तिर्नु पर्छ ।  अनि अहिले कर तिरिसकेपछि फेरी यही आर्थिक वर्षमा अर्कोपटक तिर्नु पर्दैन ।

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः