Header Ads Widget

ताजा

6/recent/ticker-posts

सवारी धनीको मृत्यू भयो, उसको नाममा रहेको मोटरसाईकल नामसारी गर्न के के गर्ने?

सवारीसाधनको किनबेच भए पश्चात् स्वामित्व हस्तान्तरण गर्न यातायात व्यवस्था कार्यालयमा गई नामसारी गरी अभिलेख प्रमाणित गराउनु पर्दछ । यसरी नामसारी गर्नको लागि सामान्यतया क्रेता र विक्रेता दुबैजना आफ्नो सक्कल नागरिकता प्रमाणपत्र, सक्कल ब्लूबुक र तेश्रोपक्ष बीमा गरेको कागज लिएर कार्यालयमा गए हुन्छ । तर सवारी धनीको मृत्यू भएको अवस्थामा भने के के कसरी गर्ने भन्ने सम्बन्धमा यस पोष्टमा प्रष्ट पार्न चाहन्छु ।  

 


सवारी धनीको मृत्यू भई नजिकको हकवालाको नाममा नामसारी गर्दा

सवारी धनीको मृत्यू भएको र निजको नजिकको हकवालाको नाममा मोटरसाईकलको नामसारी गर्नको लागि सवारी धनीको मृत्यू भएको ९० दिन भित्र देहायको प्रकृया पुरा गर्नु पर्दछः

१.  आफ्नो वडा कार्यालयमा गएर मोटरसाईकल नामसारीको लागि सिफारिश गर्न अनुरोध गर्ने ।  वडा कार्यालयबाट "सवारी धनीको मृत्यू भएको र उक्त मोटरसाईकलको नजिकको हकवाला फलाना भएकोले निजको नाममा नामसारी गरिदिन सिफारिश गरिन्छ" भन्ने व्यहोराको सिफारिश पत्र प्राप्त गर्ने ।

२.    देहायको कागजात र मोटरसाईकल समेत लिई हकवाला यातायात व्यवस्था कार्यालयमा जानु पर्दछ।

क. नजिकको हकवालाको नाममा नामसारी गरिदिने विषयको स्थानीय निकायको सिफारिश पत्र
ख. सिफारिश भई आएको व्यक्ति सँग सवारीधनीको सम्बन्ध देखिने नाता प्रमाणपत्र
ग. मृत्यू दर्ता प्रमाणपत्र
घ.     सक्कल ब्लू बुक
ङ.    मोटरसाईकलको सवारी दर्ता फाईल

३.  यातायात व्यवस्था कार्यालयमा गएर नामसारी फाराम भरी मोटरसाईकलको प्राविधिक निरीक्षण गराउनु पर्दछ ।

४.  नामसारी दस्तुर तिरेको रसिद र माथि उल्लेख गरिएका सबै कागजात साथै राखी सवारी दर्ता फाइल लिएर सम्बन्धित फाँटमा जानु पर्दछ ।

५. फाँटबाट कागजात रुजु गरी नामसारीको अभिलेख फाइल ढड्डा र ब्लू बुकमा जनाई प्रमाणित गरिदिए पछि नामसारीको प्रकृया पुरा भयो ।

नोटः
क) नामसारी दस्तुर रु.२००।- तिर्नु पर्छ ।
ख) चालु आर्थिक वर्ष सम्मको कर/नविकरण चुक्ता भएको छैन भने सो समेत गर्नुपर्छ ।
ग) स्थानीय निकायको सिफारिशमा जसको नाममा नामसारी हुने भनिएको छ सो व्यक्तिसँग मृतकको नाता खुलेको नाता प्रमाणपत्र हुनु पर्छ ।

जानकारी राखौँ,  आफ्नो काम आफैँ गरौँ । बिचौलियामुक्त सेवा प्रवाहमा सहयोग गरौँ ।

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः