Header Ads Widget

ताजा

6/recent/ticker-posts

स्वरुप परिवर्तन अथवा हेरफेरको अनुमती लिने प्रकृया दस्तुर र आवश्यक कागजातहरु

अनुमती नलिई आफुखुशी सवारी साधनको रंग फेर्न वा कुनै किसिमको परिवर्तन गर्न हुँदैन । यसरी परिवर्तन गरेकोमा ट्राफिक प्रहरीले २४ घण्टे पूर्जी काटी तपाईको ब्लूबुक नियन्त्रणमा लिएर कारवाहीको लागि यातायात व्यवस्था कार्यालयमा पठाइदिन्छन् । (हेर्नुहोस्ः स्वरुप परिवर्तनको कारवाहीमा परियो भने के गर्ने? )



स्वरुप परिवर्तनको निम्ति कसरी अनुमती लिने?

१. आफ्नो मोटरसाईकलको स्वरुप परिवर्तन गर्ने अनुमती पाउँ भनी निवेदन लेख्‍ने ।
 
२. सवारी साधन, सक्कल ब्लू बुक, सवारी दर्ता फाइल (पहिले नै फाइल बुझेर लगेको छैन भने कार्यालयमा फाइल खोज्‍न लगाउने) लिएर यातायात व्यवस्था कार्यालय जाने (मोटरसाईकलको हो भने गुर्जुधारा) जाने ।

३. चालु आर्थिक वर्ष सम्मको कर तिर्न बाँकी भए कर तिरेर नविकरण गर्ने ।

४. स्वरुप परिवर्तन गर्न अनुमती पाउँ भन्ने निवेदनमा कार्यालय प्रमुखको तोक लगाई प्राविधिक शाखामा गई मोटरसाईकलको प्राविधिक निरीक्षण गराउने । 

५. प्राविधिक शाखाबाट तपाईको निवेदनमा व्यहोरा खुलाई कार्यालयप्रमुख समक्ष पेश गर्छन् र कार्यालय प्रमुखबाट स्वीकृत भएपछि स्वरुप परिवर्तको अनुमती पाईयो ।

६. यसरी अनुमती प्राप्त भई सकेपछि मोटरसाईकलको स्वरुप परिवर्तन गर्न सकिन्छ र परिवर्तन गरिसकेपछि यो परिवर्तनलाई कार्यालयको अभिलेख तथा ब्लूबुकमा कायम गराउनु पर्दछ । कायम गराउने प्रकृयाको लागि तल पढ्दैजानुहोला ।

के हो स्वरुप परिवर्तन ? र  कसरी थाहा हुन्छ

तपाईको सवारी कस्तो छ भन्ने ब्लू बुकको सवारी विवरण पानामा नै लेखिएको हुन्छ । त्यो विवरण पानामा भएको भन्दा फरक तपाईको सवारी साधन छ भने तपाईले अनुमती नलिई सवारी साधनको स्वरुप फेरेको हो भन्ने प्रहरीले बुझ्दछन् र यस्तो परिवर्तन सजायको भागी बन्दछ । 



सवारी साधनको स्वरुपको बारेमा ब्लूबुकका अलाबा कम्पनी बाट जारी भएको स्पेसिफिकेसनमा उल्लेख भएको हुन्छ । (उदाहरणको लागि यो लिंक हेर्नुहोला -> Triumph Street Triple R को स्पेशिफिकेशन) यस्तो उल्लिखित विवरणमा कुनै फेरबदल गर्नु पर्दा अनुमती लिएर मात्र गर्नु पर्छ ।

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा ४३ बमोजिम अनुमती नलिई सवारीको हेरफेर गर्न रोक लगाइएको छ ।

स्वरुप परिवर्तनको स्वीकृतिको लागि उपदफा (२) बमोजिम मन्त्रालयको सहमती आवश्यक पर्नेमा यस ऐनको प्रथम संशोधनमा उक्त स्वीकृति कार्यालयबाट नै प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । 
 

स्वरुप परिवर्तन कायम गराउने

१. मोटरसाईकलको स्वरुप परिवर्तन गरिसकेपछि जुन वर्कशपबाट गराइएको हो त्यसको पत्र, कार्यालय प्रमुखबाट स्वीकृती प्राप्त भएको पत्र, सक्कल ब्लूबुक, सवारी दर्ता फाइल र मोटरसाईकल लिएर फेरी यातायात व्यवस्था कार्यालय गुर्जुधारामा जाने ।

२. मोटरसाईकलको प्राविधिक निरीक्षण गराई स्वीकृती प्राप्त भएको पत्रमा प्राविधिक शाखाबाट अनुमति भए बमोजिम परिवर्तन गरी ल्याएकोले कायम हुन भनी कार्यालय प्रमुख समक्ष पेश हुन्छ ।

३. लेखा शाखाबाट हेरफेर दस्तुर रु २५०।- (सवारी दर्ता शूल्क को आधा रकम) तिरी रसिद लिने र प्राविधिक शाखाबाट पेश भएको कागजात कार्यालय प्रमुख समक्ष पेश गर्ने । 

४. कार्यालय प्रमुखबाट हेरफेर कायम हुन स्वीकृत भए पछि मोटरसाईकलको लट बमोजिम सम्बन्धित फाँटमा गई फाईल, ढड्डा र ब्लूबुकमा हालको परिवर्तनको अभिलेख जनाउन लगाई प्रमाणित गरे पछि तपाईको काम सम्पन्न भयो ।

तपाईलाई कुनै द्विवीधा भयो भने यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई सम्पर्क गरौँ  । नियमपूर्वक काम गरौ सुरक्षित रहौँ ।

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः