Header Ads Widget

ताजा

6/recent/ticker-posts

कोरोनाका कारण रोकिए यातायात कार्यालयका कामहरु

यातायात सम्बन्धी काम छ भने हाललाई सबै सेवाहरु स्थगित भएको अवस्था छ । कर तिर्ने र नविकरण गर्ने काम जोर गते जोर नम्बर प्लेटका र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधनहरुको मात्र भईरहेको अवस्था छ । त्यस्तै इम्बोस्ड नम्बर प्लेट लिन चाहने हरुका लागि पनि जोर बिजोर प्रणाली अनुसार नै सेवा पाउन सकिन्छ भने यी बाहेक अन्य कामहरुका लागि हाल यातायात व्यवस्था कार्यालयका सेवाहरु स्थगित भएका छन् । यो स्थिति अर्को सूचना जारी नभएसम्मका लागि जारी रहने छ भन्ने जानकारी प्राप्त भएको छ ।

उपत्यकामा बढ्दै गएको कोरोना संक्रमणका कारण सबै सेवाहरु १५ दिनका लागि बन्द गर्नुपर्ने धारणामा उपत्यकाका सबै यातायात व्यवस्था कार्यालयहरु छन् ।  सबै कार्यालयका कार्यालय प्रमुखहरुको बिहीबारको बैठकले कर तिर्ने म्याद बढाएर सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क हुनु पर्ने ‍ सबै सेवाहरु १५ दिनको लागि स्थगन गर्न भौतिक पूर्वाधार मन्त्रालयसँग अनुरोध गरी पठाएको छ।    


तपाईको प्रतिकृया / कमेन्ट्सहरुः