Header Ads Widget

ताजा

6/recent/ticker-posts

५ वर्ष भन्दा बढी नविकर नगराएको कारण दर्ता खारेज भएको सवारी साधनको पुनः दर्ता कसरी गर्ने

सवारी साधनको नियमित रुपमा वार्षिक कर तिरी ब्लूबुक नविकरण गराउनु पर्छ । ब्लूबुक नविकरणको अवधि नविकरण गर्दा ब्लूबुकमा नै लेखिदिएको हुन्छ । प्रत्येक वर्ष सो अवधिको ३ महिनाभित्र नविकरण गराईएन भने जरिवाना समेत तिर्नु पर्छ (प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १७३ को उपदफा १)। अझ विगत आर्थिक वर्ष हो भने त करमा ३२ प्रतिशत जरिवाना लाग्छ  (प्रदेश सवारी तथा यातायात व्यवस्था (पहिलो संशोधन) ऐन,२०७६ को  दफा १७६ घ पहिलो संशोधन) ।

५ वर्ष सम्म कर र जरिवाना तिरेर ब्लूबुक नविकरण गराउन पाइन्छ तर ५ वर्ष काट्दा सम्म पनि नविकरण गराईएन भने सवारी साधनको दर्ता खारेज हुन्छ र ऐन बमोजिम सरकारले सवारी साधन जफत गरेर लिलाम गरी कर/जरिवाना असुल गर्न सक्ने व्यवस्था छ (ऐनको दफा १७७) । 

सरकारले लिलामी प्रकृया शूरु नगर्दै बाँकी बक्यौता तिर्न सवारी धनी आएमा नियमानुसार लाग्‍ने कर जरिवानाको अतिरिक्त थप १० प्रतिशत जरिवाना समेत तिरेर पुनः दर्ता गर्नु पर्दछ (ऐनको दफा १७७ को उपदफा ४) । 

पुनः दर्ताको लागि ध्यान दिनु पर्ने कुराहरुः

१. कर/बुढो कर/करको जरिवाना तथा थप १० प्रतिशत जरिवाना तिर्नु पर्ने हुन्छ
२. पुनः दर्ताको लागि सवारी धनी आफैँ सक्कल नागरिकता र सक्कल ब्लूबुक लिएर आउनु पर्छ 
३.  पुनः दर्ता गराउन सवारी साधन ल्याई प्राविधिक निरीक्षण गराउनु पर्छ ।
४. सवारी साधनको सक्कल फाइल बुझेर लगेको भए सो र नलगेको भए कार्यालयमा फाइल खोज्‍न लगाउनु पर्छ ।

आवश्यक कागजातहरुः

१. सक्कल ब्लूबुक
२. सवारी दर्ता फाराम
३. सक्कल नागरिकता

पुनः दर्ता गर्ने प्रकृया

१. सक्कल ब्लूबुक लिएर सम्बन्धित फाँटमा वा कर काउण्टरको सोधपुछ वा लेखा शाखामा गएर आफुले तिर्नु पर्ने कर जरिवाना रकम कति हुन्छ एकिन गर्नुहोस् ।
२. तिर्नु पर्ने कर जरिवाना र नविकरणको रकमका साथै दर्ता/प्रदुषण शूल्क समेत बैंकमा बुझाई भौचर लिनुहोस् ।
३. बैंक भौचर दिएर कार्यालयको लेखा काउण्टरबाट रसिद लिनुहोस् ।
४. सवारी दर्ता फाराम भरेर प्राविधिक शाखामा मोटरसाईकलको प्राविधिक निरीक्षण गराई दर्ता फाराममा जनाउन लगाउनुहोस् ।
५. अब तपाईको सवारी साधनको लट अनुसारको सम्बन्धित फाँटमा गएर दर्ता फाराम, मुल ढड्डा, र ब्लूबुकमा पुनः दर्ताको अभिलेख प्रमाणित गराउनु होस् ।
५. प्रमाणित भएको ब्लूबुकमा कार्यालय तथा दस्तखत गर्ने अधिकारीको छाप लगाए पछि पुनः दर्ताको काम सम्पन्न भयो ।

आफ्नो काम आफैँ गरौँ अनियमितता रोक्न योगदान गरौँ !!

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः