Header Ads Widget

ताजा

6/recent/ticker-posts

मोटरसाईकल र चारपाङ्ग्रे गाडीको कर तिर्न कहाँ जाने

बागमती प्रदेश भित्र दर्ता भएका मोटरसाईकलहरु (दुईपाङ्ग्रे सवारी साधन) र गाडीहरु (चारपाङ्ग्रे सवारी साधन) को कर तिरेर ब्लूबुक नविकरण कहाँ कहाँबाट गराउन सकिन्छ भन्ने जानकारी दिने उद्देश्यले यो पोष्ट लेख्‍दैछु । सवारी साधनको कर प्रत्येक वर्ष तोकिएको अवधि भित्र तिरेर ब्लूबुक नविकरण गराउनु पर्छ अन्यथा जरिवाना लाग्छ ।

सम्बन्धित लेखः ब्लूबुक नविकरण कहिले गर्ने र छुट तथा जरिवानाको हिसाब गर्ने तरिका


काठमाडौँ उपत्यका बाहिर

बागमती प्रदेश भित्र काठमाडौँ उपत्यका बाहिरका सवारी धनीहरुले कर तिर्न तथा ब्लू बुक नविकरण गर्नको लागि तल बताइएका कार्यालयहरुमा सम्पर्क गर्न सक्नुहुन्छ ।


यातायात व्यवस्था सेवा कार्यालय, हेटौडा, मकवानपुर

फोनः 057-526158 
ईमेलः yatayathetauda@gmail.com
कार्यालय प्रमुखः श्री भक्त बहादुर भण्डारी (मोवाईल नंः ९८५४०२१४१०)
नक्साः


यातायात व्यवस्था सेवा कार्यालय, भरतपुर, चितवन

फोनः 056-531310
ईमेलः yatayatchitwan@gmail.com
कार्यालय प्रमुखः श्री सुवास उप्रेती (मोवाईलः ९८४४१४०१७६)
नक्साः


काठमाडौँ उपत्यका भित्र 

काठमाडौँ उपत्यका भित्र मोटरसाईकल स्कूटर जस्ता दुईपाङ्ग्रे सवारी साधनहरु तथा कार, जिप, बस‍ जस्ता चारपाङ्ग्रे सवारी साधनको कर तिरेर नविकरण गर्नका लागि तल बताइएका कार्यालयहरुमा सम्पर्क गर्न सक्नुहुन्छ ।


यातायात व्यवस्था कार्यालय, सानाठूला सवारी, एकान्तकुना
(४ पाङ्ग्रे सवारी साधनहरुको मात्र)

फोनः 01-5193714
ईमेलः tmosanathula@gmail.com
कार्यालय प्रमुखः श्री यादवनाथ आचार्य (मोवाईलः ९८५११५९३२५)
नक्साः


यातायात व्यवस्था कार्यालय मोटरसाईकल, गुर्जुधारा, काठमाण्डौं
(२ पाङ्ग्रे सवारी साधनहरुको मात्र)

फोनः 01-4312311
ईमेलः yatayatmosa@gmail.com
कार्यालय प्रमुखः श्री दीपक कुमार पोखरेल (मोवाईलः ९८५११५३४२११)
नक्साः


यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्‍याङ, काठमाण्डौ

फोनः 01-4034875
ईमेलः kapali.rajkumar007@gmail.com
कार्यालय प्रमुखः श्री राज कुमार कपाली (मोवाईलः ९८४१३३८४१२)
नक्साः


यातायात व्यवस्था सेवा कार्यालय, सल्लाघारी, भक्तपुर

फोनः 01-6619564
ईमेलः yatayatbkt.salla@gmail.com
कार्यालय प्रमुखः श्री विमल प्रसाद भट्टराई
नक्साः


नोटः 
मिति २०७७।५।१० गते अद्यावधिक गरिएको ।
श्रोतः 

सम्बन्धित भिडियोः


तपाईको प्रतिकृया / कमेन्ट्सहरुः