Header Ads Widget

ताजा

6/recent/ticker-posts

सहकारी, बैंक वा बित्तिय संस्थाको नाममा रहेको सवारी साधन ऋणीको नाममा नामसारी गर्दा आवश्यक कागजात दस्तुर तथा प्रकृया

तपाईले सवारी साधन खरिद गर्दा विभिन्न बैंक, बित्तिय संस्था वा सहकारी संस्थाहरुले फाइनान्स सुविधा उपलब्ध गराउन सक्छन् । यसरी खरिद गर्दा तपाईलाई ऋणी कायम गरेर फाईनान्स उपलब्ध गराउने बैंक सहकारी वा बित्तिय संस्थाकै नाममा सवारी साधन दर्ता गरेको हुन सक्छ । यस्तो सवारी साधनको ऋण चुक्ता भए पश्चात् ऋणीको नाममा नामसारी गर्दा आवश्यक पर्ने कागजात, दस्तुर तथा प्रकृयाको बारेमा यस पोष्टमा चर्चा गर्न गईरहेको छु ।



बैंक तथा बित्तिय संस्थाको नामबाट नामसारी गर्न आवश्यक कागजातहरु

१. सवारी धनीको रुपमा रहेको बैंकको दर्ता प्रमाणपत्र
२. संस्थाको करचुक्ता प्रमाणपत्र
३. ऋण चुक्ता भएको र ऋणीको नाममा नामसारी गर्न यातायात कार्यालयलाई अनुरोध गरि बैंकले लेखेको पत्र
४. दस्तखतको नमूना उल्लेख गरी बैंकको प्रतिनिधि तोकेको पत्र
५. बैंकको प्रतिनिधीको परिचयपत्रको फोटोकपी
६. ऋणीको सक्कल नागरिकता प्रमाणपत्र तथा सो को फोटोकपी
७. ऋणीको हालसालै खिचिएको पासपोर्ट साईजको ३ प्रति फोटो
८. सवारी साधनको ब्लूबुक
९. सवारी साधनको सम्बन्धित सवारी दर्ता फाईल
१०. नामसारी दस्तुर तिरेको रसिद

सवारी साधन साथमै ल्याई बैंकको प्रतिनिधि तथा ऋणी स्वयं कार्यालयमा जानु पर्छ ।

सहकारी संस्थाको नामबाट नामसारी गर्न आवश्यक कागजातहरु

१. सवारी धनीको रुपमा रहेको सहकारी संस्थाको दर्ता प्रमाणपत्र
२. संस्थाको करचुक्ता प्रमाणपत्र
३. ऋण चुक्ता भएको र ऋणीको नाममा नामसारी गर्न यातायात कार्यालयलाई अनुरोध गरि संस्थाले लेखेको पत्र
४. दस्तखतको नमूना उल्लेख गरी सहकारीको प्रतिनिधि तोकेको पत्र
५. प्रतिनिधीको परिचयपत्रको फोटोकपी
६. ऋणीको सक्कल नागरिकता प्रमाणपत्र तथा सो को फोटोकपी
७. ऋणीको हालसालै खिचिएको पासपोर्ट साईजको ३ प्रति फोटो
८. सवारी साधनको ब्लूबुक
९. सवारी साधनको सम्बन्धित सवारी दर्ता फाईल
१०. नामसारी दस्तुर तिरेको रसिद

सवारी साधन साथमै ल्याई सहकारीको प्रतिनिधि तथा ऋणी स्वयं कार्यालयमा जानु पर्छ । सवारी साधन खरिद गर्दा VAT बीलमा ऋणी नखुलेको भए सहकारी संस्थाले ऋण लगानी गर्ने विषयमा वा ऋण चुक्ता भई ऋणीको नाममा नामसारी गरिदिने विषयमा भएको बैठकको माइन्यूट संलग्‍न गर्नु पर्छ ।

नामसारी दस्तुर

नामसारी दस्तुरहरु सवारी धनी जो सुकै भएपनि फरक नपर्ने र सवारी साधनको किसिमका आधारमा तोकिएको हुनाले सहकारी, बैंक वा बित्तिय संस्थाको नाममा रहेको सवारी साधनहरुको नामसारी दस्तुर पनि अन्य सरहनै लाग्छ । आ.ब. २०७७।७८ को लागि तोकिएका दस्तुरहरु हेर्नको लागि यो पेजमा क्लिक गर्नुहोस्


नामसारी गर्ने प्रकृया
बैंक तथा वित्तिय संस्था वा सहकारी संस्थाको नाममा रहेका सवारीसाधनहरुको नामसारी गर्ने प्रकृया पनि व्यक्तिगत नामसारी प्रकृया सरहनै हो । व्यक्तिगत सवारी साधनहरुको नामसारी गर्ने प्रकृया यस पेजमा हेर्न सक्नुहुन्छ ।

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः