Header Ads Widget

ताजा

6/recent/ticker-posts

प्रदेश सरकारले निषेधाज्ञाको जरिवाना छुट गरी म्याद थप गर्यो

बागमती प्रदेश सरकारले लकडाउनको अवधि तथा निषेधाज्ञाको अवधिका कारण म्याद नाघि जरिवाना लागेकाहरुलाई यही २०७७ कार्तिक मसान्त सम्म म्याद थप दिई जरिवाना नलाग्‍ने निर्णय गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको मिति २०७७।६।५ को मा. मन्त्रीस्तरीय निर्णयले सो सुविधा उपलब्ध गराएको हो ।


निर्णयमा भनिएको छ " विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणको कारण नेपाल सरकारले मिति २०७६।१२।११ देखि बन्दाबन्दी घोषणा गरेको तथा यस बागमती प्रदेश भित्रका विभिन्न जिल्लामा मिति २०७७ श्रावण तथा भाद्र २६ गते सम्म निषेधाज्ञा जारी भएको हुँदा उत्पन्न असहज परिस्थितिका कारण प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन एवं आर्थिक ऐन २०७७ को अनुसूची २ बमोजिमको कर तथा दस्तुर सो अवधिमा नविकरण गर्ने म्याद समाप्त भएकाको हकमा सवारी कर तथा गैर कर बुझाउन नपाएका करदाताहरुलाई प्रदेश आर्थिक ऐन २०७७ को दफा १३ बमोजिम सवारी साधन कर तथा गैरकर राजश्व दाखिला गर्ने २०७७ साल कार्तिक मसान्त सम्म म्याद थप गरिएको..."


यातायात कार्यालयहरुले यस प्रकार छुट  प्रदान गरेपछि उक्त सवारी साधनहरुको विवरण आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाउन समेत भनिएको छ ।



 

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः