Header Ads Widget

ताजा

6/recent/ticker-posts

आईतबार देखि यातायातका प्राय सबै सेवाहरु खुल्ला, जरिवानाको स्थिति के?

 यातायात व्यवस्था कार्यालयहरु आगामी आइतबार (२०७७ भाद्र २८ गते) देखि खुल्ने भएका छन् र नविकरण, नामसारी, सरुवा सहमती जस्ता अधिकाँश सेवाहरु पुनः सुचारु हुने भएका छन् । यातायात व्यवस्था कार्यालय ठूलो भर्याङ्गले गत बिहिबार देखि नै लाईसेन्स नविकरण सेवा शुरु गरिसकेको थियो भने यातायात व्यवस्था कार्यालय मोटरसाईलक गुर्जुधाराले आईतबार देखि सेवाहरु पुनः सञ्चालनको सूचना प्रकाशन गरेको छ ।


लकडाउनका कारण उक्त अवधि भित्र आर्थिक वर्ष २०७६।७७ को नविकरण गराउनु पर्ने सवारी साधनहरुको नविकरण गराउन नपाएको कारणले जरिवाना लागेको भए  निजी सवारी साधनहरुको हकमा नविकरण गर्दा लाग्‍ने जरिवाना प्रदेश आर्थिक ऐन, २०७७ ले  दिएको छुट अवधि यस बीचमा ब्यतित भईसकेको छ ।  

काठमाडौँ उपत्यकामा निषेधाज्ञाको कारण छुट अवधि उपभोग गर्न नपाएका र निषेधाज्ञाको अवधिका कारण जरिवाना लागेका सवारी साधनहरुका सम्बन्धमा भौतिक पूर्वाधार मन्त्रालय हेटौँडाबाट पुनः म्याद थप वा जरिवाना छुट सम्बन्धमा नयाँ कुनै सूचना जारी नभएको हुँदा जरिवाना तिर्न पर्ने बाध्यता देखिन्छ ।

यस सम्बन्धमा उपत्यकाका यातायात व्यवस्था कार्यलयहरुले विषयको जानकारी गराई भौतिक पूर्वाधार मन्त्रालय तथा आर्थिक मामिला तथा योजना मन्त्रालय, हेटौँडालाई जरिवाना छुट अवथा म्याद थप गर्न अनुरोध गरी लेखि पठाइसकेको जनाएका छन् ।

राजश्व तथा जरिवाना छुट प्रदेश मन्त्रिपरिषद्‍बाट नै निर्णय हुनु पर्ने कारणले यस सम्बन्धमा नयाँ निर्देशन जारी हुन समय लाग्‍ने देखिन्छ ।

यदि तपाईको  पनि जरिवाना लागिसकेको छ अथवा आ.ब. २०७६।७७ को नै कर तिर्न बाँकी छ भने तत्काल नविकरण नगराई केही समय कुरेर नै कर तिर्नु उपयुक्त हुने देखिन्छ । तत्काल नविकरण गराएपनि जरिवाना तिर्नु पर्ने हो भने नयाँ सूचना नआउँदै तिर्नु ठिक दर्खिँदैन ।



तपाईको प्रतिकृया / कमेन्ट्सहरुः