Header Ads Widget

ताजा

6/recent/ticker-posts

निषेधाज्ञा अर्को १ हप्ता थपियो, खुल्लान् त यातायात कार्यालयहरु?


 काठमाडौँ उपत्यकाका सबै यातायात कार्यालयहरुले २०७७ भदौ २ गतेबाट अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेका थिए । यसैबीच उपत्यकाका तिनवटै प्रमुख जिल्ला अधिकारीहरुले भदौ ३ गतेबाट लागु हुने गरी निषेधाज्ञा जारी गरेपछि यातायात कार्यालय खुल्ने विषय अझै अनिश्चित भएको थियो ।  उक्त निषेधाज्ञा गत भदौ १० गतेबाट अर्को एक साताको लागि थपिएको थियो भने आज पुनः अर्को एक साताको लागि लम्ब्याइएको छ । काठमाडौँ उपत्यकामा बढ्दै गएको संक्रमण र यसले थपेको जोखिमका कारण निषेधाज्ञाको यो अवधिमा समेत यातायात कार्यालयको सेवाहरु बन्द नै रहन जाने देखिएको छ ।


गत भदौ ८ गतेको यातायात व्यवस्था विभागको सूचना अनुसार लाईसेन्स नविकरण गर्ने म्याद भदौ मसान्त सम्म थप गरिएको  थियो । तर यातायात कार्यालयहरुले सेवा बन्द गरिरहने र जिल्ला प्रशासन कार्यालयबाट निषेधाज्ञा थप गर्दै लैजाँदा उक्त म्याद त्यसै गुज्रने देखिन्छ । अब लाईसेन्स नविकरण गर्दा जरिवाना लाग्‍ने हो की भन्ने कुरामा सेवाग्राहीहरु चिन्ता व्यक्त गर्छन् भने यस बारेमा याताायत व्यवस्था विभागबाट म्याद थप सम्बन्धि पछिल्लो कुनै जानकारी प्राप्त भएको छैन ।

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः