Header Ads Widget

ताजा

6/recent/ticker-posts

ब्लूबुकको प्रतलिपि लिँदा कस्तो बेलामा ट्राफिक सिफारिश लिनु पर्छ कस्तो बेलामा पर्दैन?

ब्लूबुक हरायो, नासियो वा झुत्रो भयो भने यातायात व्यवस्था कार्यालयमा गई अर्को ब्लूबुक  लिन सकिन्छ । यसरी ब्लूबुकको प्रतलिपि लिँदा कर/नविकरण र प्रतिलिपि दस्तुर तिरेको रसिदको अलाबा ट्राफिक प्रहरी कार्यालयको सिफारिश पत्र पनि आवश्यक पर्छ । यो पोष्टमा म कुन अवस्थामा ट्राफिक सिफारिश नभएपनि प्रतिलिपि प्राप्त गर्न सकिन्छ र कुन अवस्थामा अनिवार्य हुन्छ भन्ने विषयमा छोटो जानकारी दिन गईरहेको छु ।




ट्राफिक सिफारिश प्राप्त गर्न दिनुपर्ने निवेदन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्


ट्राफिक सिफारिश आवश्यक नपर्ने अवस्था

यदि तपाईको ब्लूबुकमा नामसारीको अभिलेख जनाउँदा र नविकरणको अभिलेख जनाउँदा जनाउँदा सबै पानाहरु भरिईसकेका छन् र अब नविकरण भएको जनाउने ठाउँनै छैन भएन भने ब्लूबुकको प्रतिलिपि लिनु पर्ने हुन्छ । यस्तो बेलामा ब्लूबुकमा सबै पानाहरु हुने हुँदा प्रलिपिलि लिँदा त्यही पुरानो ब्लूबुक दिएर अर्को नयाँ ब्लूबुक लिन सकिन्छ । यसको लागि ट्राफिक सिफारिश आवश्यक पर्दैन ।

तपाईको ब्लूबुक च्यातिएर वा भिजेर प्रयोग गर्न नमिल्ने अवस्थाको भएको छ तर ब्लूबुकमा दर्ता जनाएको पाना, सवारी साधनको नम्बर लेखिएको पाना, त्यस्तै सवारी विवरण पाना र तपाईको नाममा नामसारी भएको पाना पढ्न सकिने बुझिने खालको छ भने यस्तो अवस्थामा ब्लूबुकको प्रतिलिपि लिन पनि ट्राफिक सिफारिश आवश्यक पर्दैन । त्यो ब्लूबुकमा सवारी राम्रो सँग एकिन गर्न सकिने र तपाईको नाममा नामसारी भएको विश्वस्त हुन सकिने विवरणहरु सहज रुपमा पहिल्याउन सकिने छ भने यातायात कार्यालयहरुले त्यही ब्लूबुक खिचेर अर्को प्रतिलिपि जारी गरिदिन्छन । ट्राफिक सिफारिश माग्दैनन् ।

ट्राफिक सिफारिश अनिवार्य हुने अवस्था

तपाईको सवारी साधन र तपाईको नाममा नामसारी भएको विवरण स्पष्ट र सहज रुपमा पहिल्याउन नसकिने अवस्थामा ब्लूबुकको प्रतिलिपि लिनु पर्दा  भने ट्राफिक सिफारिश अनिवार्य चाहिने हुन्छ ।

ब्लूबुक हरायो र प्रतिलिपि लिनु परेको हो भने त ट्राफिक सिफारिश नभई भएन ।

ब्लूबुक अत्यन्त झुत्रो भयो र यसमा लेखिएको सवारीको विवरण, तपाईको नाममा नामसारी भएको पाना र सवारी दर्ता गर्दाको पाना नै गायब भएको वा नबुझिने नै भएको अवस्थामा ट्राफिक सिफारिह अनिवार्य चाहिन्छ ।

ट्राफिक सिफारिश लिनको लागि काठमाडौँ उपत्यकाको हकमा महानगरिय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ गएर तल चित्रमा देखाइएको जस्तो निवेदन दिनु पर्छ। निवेदन डाउनलोड गरी आफैँ प्रिन्ट पनि गर्न सक्नुहुन्छ ।

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः