Header Ads Widget

ताजा

6/recent/ticker-posts

कर नतिरेका सवारीधनीका लागि प्रदेश सरकारको बम्पर अफर

 मिति २०७७।४।२५

सवारी कर नियमित रुपमा प्रत्येक वर्ष तोकिएको अवधिमै तिर्नुपर्छ नत्र जरिवाना लाग्छ । अझ ५ वर्ष सम्म कर नतिरी नविकरण नगराएको भए त दर्ता नै खारेज हुन्छ । यसरी दर्ता खारेज भएको अवस्थामा सामान्य भन्दा अत्यन्तै धेरै जरिवाना र झण्झट व्यहोर्नु पर्छ ।

हेर्नुहोस् सामान्यतया दर्ता खारेज भएपछि पुनः दर्ता कसरी गर्ने

तपाई पनि ५ वर्ष भन्दा बढी कर नतिरेका कारण आफ्नो सवारी साधनको दर्ता खारेज भएर चिन्तित हुनु हुन्छ?

त्यसो हो भने प्रदेश सरकारलाई धन्यवाद भन्नुहोस्, किनकी अब दर्ता खारेज भएका सवारी साधन पुनः दर्ता गर्न कुनैपनि जरिवाना तिर्नु पर्दैन ।

५ वर्ष भन्दा बढी अवधिको सवारी साधनको कर नतिरी नविकरण समेत नभएका सवारी साधनहरुको लागि  २०७७ मंसिर मसान्त सम्म पुनःदर्ता गर्न ल्याएमा जरिवाना छुट दिइएको छ । 

प्रदेश आर्थिक ऐन २०७७ को अनुसूची २ को क्र.सं. ३ विविध अन्तर्गत सि.नं. १५ मा यस्तो व्यवस्था गरिएको छ । 

यो व्यवस्था बमोजिम कर नतिरी दर्ता खारेज भएका सवारी साधनहरुको निम्ति मात्र नभई सवारी साधन नै नभएकाहरुको हकमा लगत कट्टी गर्न पनि जरिवाना छुट प्रदान गरिएको छ । 

सवारी साधन नै नभएर लगत कट्टी गर्ने हो भने सवारी साधनको भौतिक अस्थित्व नै नरहेको प्रमाण स्वरुप प्रहरी कार्यालयको पत्र वा स्थानीय निकायको पत्र ल्याउनु पर्ने व्यवस्था गरिएको छ ।

२०७७ मंसिर महिना भित्र कर र नविकरण दस्तुर मात्र बुझाएर अनियमित अवस्थामा रहेको सवारी साधनलाई पुनः दर्ता वा लगत कट्टा गरी नियमित गर्न सकिने भएको छ ।

नोटः ५ वर्ष भन्दा बढीअवधि कर नतिरी दर्ता खारेज भईसकेको सवारी साधन पुनःदर्ता गर्नको लागि वा लगत कट्टा गर्नको लागि मात्र यो सुविधा उपलब्ध छ । पुनः दर्ता गर्न नपर्नेहरुका लागि यो जरिवाना छुटको सुविधा लागु हुँदैन । (अपडेट - २०७७ भदौ ७ गते )

प्रदेश सरकारको यो बम्पर अफरको सदुपयोग गरी फाइदा उठाउन जानकारी गराएको छु ।

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः