Header Ads Widget

ताजा

6/recent/ticker-posts

ट्राफिक प्रहरीले काटेको चिट नै हरायो भने जरिवाना तिरी ब्लूबुक वा लाईसेन्स फिर्ता लिने प्रकृया (ट्राफिक कार्यालयमा दिनु पर्ने निवेदन डाउनलोड समेत)

सडकमा सवारी चलाउने क्रममा तपाईबाट कुनै कसुर हुन गयो भने ट्राफिक प्रहरीले तपाईको कागजात (सवारी चालक अनुमतिपत्र - लाईसेन्स वा सवारी दर्ता प्रमाणपत्र - ब्लूबुक) खिचेर २४ घण्टे पुर्जी - ट्राफिक चिट जारी गरिदिन्छन् । यस्तो अवस्थामा प्रचलन बमोजिम करिब १ हप्त भित्र कसुर बमोजिमको जरिवाना तिरेर ट्राफिक प्रहरी कार्यालय (काठमाडौँको हकमा बग्गीखाना) बाट र केही लामो अवधि पछि चाहीँ सम्बन्धित यातायात व्यवस्था कार्यालयबाट कागजात पुनः फिर्ता लिन सकिन्छ ।


सम्बन्धित लेखः ट्राफिक प्रहरीलेले कहाँ चिट काटेपछि कागजात फिर्ता लिन कहाँ जानु पर्छ?


कुनै कारणले ट्राफिक प्रहरीले काटेको चिट नै हरायो भने के गर्ने भन्ने सम्बन्धमा यो पोष्टमा चर्चा गर्न गईरहेको छु ।




ट्राफिक प्रहरीले चिट काट्दा तपाईको सवारी कसूर, चिट काट्ने प्रहरी अधिकारीको नाम दर्जा, मिति, सवारी साधन नम्बर, चिट काटिएको स्थान लगायतका विवरणहरु जनाएर दिएको हुन्छन् । यसै चिटको आधारमा पछि तपाईको लाईसेन्स वा ब्लू बुक फिर्ता लिन जानु पर्ने हुन्छ ।


चित्र https://sankalpakhabar.com/2019/04/01/8560/ को पानाबाट साभार गरिएको

कुनै कारणले यदि यो चिट हरायो वा नष्ट भयो भने उल्लिखित अभिलेखहरु तपाईसँग नभएको कारणले केही असजिलो महशूस हुन सक्छ । तर यो चिट हरायो भने पनि संसार नै उथलपुथल भएको अनुभुती गर्नु चाहीँ आवश्यक छैन ।


ट्राफिक चिट हराएको भनी ट्राफिक प्रहरी कार्यालय (काठमाडौँ उपत्यकाको हकमा महानगरीय प्रहरी महाशाखा - बग्गीखानामा) निवेदन दिनु भयो भने महाशाखाबाट पत्र उपलब्ध गराइन्छ ।  यो पत्र पनि तपाईको कसूर बमोजिमको जरिवाना तिरी लाइसेन्स वा ब्लूबुक फिर्ता लिनको लागि काम लाग्छ ।



यो निवेदन डाउनलोड गरी प्रिन्ट गर्नुहोस्


यस सम्बन्धमा तपाईको कुनै अनुभव छ भने वा थप जानकारी छ भने तल कमेन्ट बक्समा लेखि अन्य यस्तै समस्यामा परेकाहरुलाई मदद गर्न सक्नुहुन्छ ।


सम्बन्धित लेखः ट्राफिक कारवाहीमा परियो भने तपाईको लाइसेन्स वा ब्लूबुक कसरी फिर्ता लिने

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः